Tuesday, April 21News That Matters

प्रचण्ड–माधव पक्षका ९ कार्यकर्ता पक्राउ

पूर्णपुष्टि,माघ ८

सप्तरीको राजविराजमा ओली पक्षले गर्न लागेको कार्यक्रम बिथोलेको आरोपमा प्रचण्ड –माधव पक्षका ९ नेता कार्यकर्ता पक्राउ परेका छन् । नेकपा ओली समूह निकट युवा सङ्घले आयोजना गरेको कार्यक्रममा प्रचण्ड–माधव समूह निकट युवाहरुसँग झडप भएको थियो । सभा बिथोलेको आरोपमा प्रचण्ड–माधव समूह युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रचण्ड–माधव पक्षका जिल्ला कमिटी सदस्य राजु जैसवाल ,छेदी रजक, विद्यार्थी नेता छोटेलाल यादव ,मुकेश यादव, प्रेमकुमार यादव, भुपेन्द्र यादव, विनोद यादव, बम झा लगायतलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले नियन्त्रमा लिएको छ । प्रहरीका अनुसार उनीहरुलाई झडपका क्रममा पक्राउ गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका ओली समूहका नेता महेश बस्नेतबिरुद्ध चर्का नारावाजी गरेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीसँग झडप समेत भएको थियो ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरीले जनाएको छ ।