Sunday, May 17News That Matters

सशस्त्र प्रहरीले जित्दा बिराटनगर र वालिङ बराबरीमा रोकियो, भोलीको खेल उदयपुर र नेपाल पुलिस क्लब बिच हुँदै

बुद्धि चामलिङ राई 

काठमाडौ, माघ ८

राष्ट्रिय महिला फुटबल लिगमा दोस्रो दिन भएको खेलमाआजको पहिलो खेल ११ ः ३० को   खेलमा एपिएफले चन्द्रपुर लाई ६–० ले हराएर एपिएफले ३ अङ्क जोडेको छ ।  सशस्त्र प्रहरी क्लबको लागि साबित्रा भण्डारिले ३ गोल गरि हयाटिक्« गरिन । खेलको पहिलो गोल सशस्त्र प्रहरीका लागि साबित्रा भण्डारीले खेल सुरु भयको १४ मिनेटमा पहिलो गोल गरिन ।

दोस्रो गोल अन्जलीकुमारी योन्जनले खेलको २२ औँ मिनेटमा गरिन । ६२ औँ मिनेटमा साबित्रा भण्डारीले ब्यातिगत  दोस्रो गोल गर्दै टिमलाई ३–० बनाइन ।

चौँथो गोल टिम कप्तान अनिता बस्नेतले ६४ औँ मिनेटमा गरिन । खेल को ७२ औँ मिनेटमा साबित्रा भण्डारिले ब्याक्तिगत तेस्रो गोल गरि हयाट्रिक पूरा गर्दै खेल ५–० को अन्तर बनाइन । अन्डर (१६ टोलीको टिम कप्तान प्रिती राइले यो खेलमै राष्ट्रिय खेलमा डिब्यु गरि ८९ औँ मिनेटमा गोल गर्दै सशस्त्र प्रहरीलाइ ६–० को शानदार जित बनाउन सफल बनिन । खेल अबधीभर चन्द्रपुर नगरपालिकाले कुनै गोल गर्न सकेन ।

दोस्रो २ः३० को खेलमा बिराटनगर महानगरपालिका मोरङ  र वालिङ नगरपालिका स्याङ्जाले १–१ गोलको बराबरी सङ्गै १(१ अङ्क बाडेको छ । खेल सुरु भएको २ मिनेटमै वालिङको लागि स्ट्राइकर सम्झना शर्माले कर्नर बाट आएको बललाई ब्याक हेडिङ गर्दै पहिलो गोल गरिन । त्यसपछि वालिङले कुनै गोल गर्न सकेन र खेल १–१ गोलसहित बराबरी हुँदै अङ्क बाडेको हो ।

बिराटनगरका लागि आशा कुमारिले खेलको ६८ ओउ मिनेटमा २५ यार्ड टाढा बाट आएको बललाई प्रहार गर्दा वालिङको गोरक्छक सावित्री किशनको हातको पन्जा बाट वल फुत्केर गोल लाइन कटेपछी गोल भयको थियो । यहि गोलले  बिराटनगर लाई १–१ गोल गरि  बराबरि गर्दै १–१ अङ्क बाड्न अबसर मिलेको थियो ।

वालिङको लागि क्यामरुन देशको ४ बिदेशी खेलाडिको ल्याउने पक्का भयको छ । तर आज बिराटनगर विरुद्धको खेलमा  खेलाडी नआइपुगेकाले खेलाडी सहभागी भएनन् । बिराटनगरको टिममा भने आज ३ भारतीय खेलाडी सहभागी थिए । त्यस्तै चौदण्डीगढी नगरपालिकाले भने बङ्गलादेशको ४ खेलाडी राख्ने प्रयास भयपनि अझै सम्म खेलाडीको ब्यस्तता र अभाबले अझै बिदेशी खेलाडी राख्ने टुङ्गो लागेको छैन्।

चन्द्रपुर नगर रौताहटले पनि आजको सशस्त्र प्रहरी क्लब सङ्गको खेलमा बिदेशी खेलाडी टिममा राखेका थिएनन । भोलि माघ ९ गते शुक्रबार भने एक खेल मात्र हुनेछ । दिउँसो २ बजे एन्फा कम्पेक्स सातदोबाटो खेलमैदानमा चौदण्डीगढी नगरपालिका उदयपुर र नेपाल पुलिस क्लब बिच खेल हुनेछ ।चौदण्डीगढी नगर टिम काठमाडौ सुन्धारा स्थित देबदह होटलमा बसेको छ । खेलमैदानको अभाबमा अभ्यास गर्न पाएका छैनन ।