
पूर्णपुष्टि, माघ ८
मदनभण्डारी राजमार्ग अन्तरगत चौदण्डीगढी नगरपालिका बेल्टारको द्धार खोलामा अटो र सुमो एक आपसमा ठोक्कीदा टेम्पो चालक २६ बर्षिय हेमराज राईको मृत्यु भएको छ । टेम्पोमा सवार अन्य चार जना भने घाईते भएका छन् ।
अटो रिक्सा र सुमो ठोकिएर गम्भिर घाइते भएका चालक राईलाई उपचारको लागि घोपा पठाईएको भएपनि मृत्यु भएको बेल्टार प्रहरीले जनाएको छ ।
घाईते हुनेहरुमा अटो रिक्सामा सवार त्रियुगा नगरपालिका १ रूपनीका ३६ बर्षिय सुरेन्द्र बस्नेत, बस्नेतकी श्रीमती ३५ बर्षिया कल्पना बस्नेत, ५ बर्षिय छोरा सुभाष बस्नेत र सोही ठाँउकी ५७ बर्षिया साबित्रा कार्की रहेकी छिन् ।
उनिहरु सबैको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
पूर्व बाट पश्चिम तर्फ जादै गरेको स १ च १४४६ नम्बरको टाटासुमो र बिपरित दिशाबाट आउँदै गरेको प्र २( ०१ – ह ०७७४ नम्बरको अटो एक आपसमा ठोकिदा अटो चालक चौदण्डिगढी नगरपालिका वडा नं ६ सिर्वानी राइको निधन भएको प्रहरीले जनाएको छ ।
टाटासुमो सहित सुमो चालक त्रियुगा नगरपालिका ११ का बर्ष ३७ को चन्दन कुमार शाहलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिएको छ ।
