Friday, June 12News That Matters

प्रतिगमन विरुद्ध उदयपुरमा ३ दलका युवा संगठनहरुको बिरोध

पूर्णपुष्टि, जेष्ठ १२

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको विरुद्धमा बुधबार साँझ ३ दलले गाईघाटमा राँके जुलस सहित विरोध जनाएको छ । वाईसेल नेपाल, तरुण दल, युवा संघले प्रधानमन्त्री र राष्ट्रपति विरुद्धमा मुर्दावादको नारा सहित जुलुस प्रदर्शन गरिएको हो । केपी विद्या मुर्दावाद लगायतको नारासहित ३ दलले संयुक्त रुपमा सरकारको विरुद्धमा विरोध गरेको हो । माहामारीको बिचमा थोरै संख्यामा सुरक्षितका साथ बिरोध गरेको प्रदर्शनकारीहरुले जनाएको छ । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिको बिच जुलुस प्रदर्शन गरेको थियो । पिपलचोकमा गर्ने भनिएको बिरोध प्रदर्शन सुरक्षाकर्मीहरुको बाक्लो निगरानीका कारण बैँक लाईन र जिके पुस्तक पसल छेउबाट गरेको थियो । मेनचोक तर्फ जान खोजेको जुलुस प्रहरीले रोकपछि पुरानो सब्जी बजार तर्फ भागेका थिए । पुरानो सब्जी बजार स्थित आसरी रोडमा आएर बिरोध जनाएको जुलुसलाई प्रहरीले राँको खोसेर मारेका थिए ।