Friday, May 1News That Matters

प्रतिबन्धित औषधीसहित एक जना पक्राउ

पूर्णपुष्टि, असार २०

प्रतिबन्धित औषधीसहित सुनसरीबाट एक युवा पक्राउ परेको छ । धरान–११ नगरकोट कोठा भाडामा बस्ने २० वर्षीय सत्यम दासलाई प्रतिबन्धित औषधीसहित पक्राउ गरिएको हो ।

हिजो दिउसो साढे १२ बजे विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दासको कोठामा लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधी सेटाडोल–५०–३९० क्याप्सुल र स्पास्पाईन–३९० क्याप्सुल फेला पारेको थियो । दासको सप्तरी अग्नीसर कृष्णसरवन–४ घर भई हाल धरानमा कोठा भाडा लिएर बस्दै आएका थिए ।

पक्राउ परेका दासको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।