Friday, May 1News That Matters

माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गयो

पूर्णपुष्टि, असार २०

ईलाममा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । माङसेबुङ गाँउपालिका–५ का ४२ वर्षीय प्रविन राईको करेन्ट लागेर ज्यान गएको हो ।

हिजो बेलुका साढे ७ बजे राईले माई नगरपालिका–४ स्थित मानिस नबसेको घरबाट  विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाईते भएका थिए । घाइते राईलाई उपचारको लागि लैजादै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।