
पूर्णपुष्टि, साउन १९
झापाका बिभिन्न स्थानबाट प्र्रतिबन्धि औषधी र लागुऔषधसहित तीन जना पक्राउ परेको छन् । हिजो बेलुका ६ बजे गौरीगंज गाउँपालिका–६ जनता चौक स्थितबाट ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका–१ का २० वर्षीय सुरेश ताजपुरियालाई प्रतिबन्धित औषधीसहित पक्राउ गरेको हो ।
ट्रामाजेक १५० क्यापसुल, नाईट्रोभेट २६ क्याप्सुल र कोरेक्श १ बोतलसहित ताजपुरियालाई पक्राउ गरेको हो ।
त्यसैगरी हिजै बेलुका पौने ८ बजे झापा मेचीनगर नगरपालिका–२ स्थित भृकुटी चौकमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्युरोबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउदै गरेको डब्लु बी ७४ आर ६५०४ नम्बरको भारतिय मोटरसाईकल चेकजाँच गर्दा लागुऔषध फेला परेको थियो । उक्त मोटरसाईकलको भाईजरमा लुकाई छिपाई ल्याउदै गरेको १ ग्राम लागूऔषध ब्राउन सुगर फेला परेको थियो । मोटरसाईकलमा सवार मेचीनगर नगरपालिका–१ का २१ वर्षीय सुलन देवान र पछाडी सवार सोही स्थानका २० वर्षीय मिङमा तामाङलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका तीनै जना उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
