
पूर्णपुष्टि, साउन १९
झापा बिर्तामोड नगरपालिका–३ भद्रपुर सडक खण्डको आँखा अस्पताल अगाडीबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ परेको छ । झापा हल्दिबारी गाउँपालिका–१ बस्ने २० वर्षीय सुवास न्यौपाने र बिर्तामोड नगरपालिका–१० ईलामेली टोल का २४ वर्षीय समिर राई पक्राउ परेको हो ।
हिजो दिउसो १ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले मे ८ प ७३९२ नम्बरको मोटरसाईकल चढी आएका न्यौपानेको साथबाट लागूऔषध ब्राउन सुगर १२ ग्राम बरामद भएको थियो ।
मोटरसाईकल पछाडी सवार राई समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
