Saturday, April 18News That Matters

प्रतिबन्धित औषधी व्यपारमा संलग्न झालाई बेल्टार प्रहरीले सार्वजानिक गर्यो

पूर्णपुष्टि, १० असोज ।
औषधी बिभागले प्रतिवन्ध लगाएको लागुऔषाधजन्य औषधी ट्रामाडोल बेच्ने बिरेन्द्र झालाई बेल्टार प्रहरीले सार्वजानिक गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारमा गोपीकृष्ण मेडिकल हल सञ्चालन गर्दै आएका ५० वर्षीय झालाई पक्राउ पछि बिहिबार विहान ७ः३० बजे पत्रकार सम्मेलनमार्पmत सार्वजानिक गरिएको हो ।

अवैधरुपमा प्रतिबन्धित औषधी बेचबिखन गरिरहेको छ, भन्ने गोप्य सूचनाको आधारमा गत मंगलबार २ गते नै पक्राउ गरेका थियो ।

तर झाको स्वास्थ्यमा समस्या आएपछि नगरअस्पताल बेल्टारमा चेकजाँच गराउँदा रक्तचाँप र मुटुमा समस्यादेखिएपछि सुविधासम्पन्न अस्पतालमा उपचारको लागि परिवारलाई जिम्मा लगाइएको पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए ।

उपचारपश्चात पुनः हिजो मंगलबार उपस्थित भएका झालाई आज सार्वजानिक गरिएको हो ।

झाको घरमा संचितगरी राखिएको लागुऔषधहरु ट्रामाडोल १० बट्टामा ३ सय २ पत्तागरी कूल ३ हजार २० ट्यावलेट, स्पासेन ४ बट्टामा २ सय १६ पत्तागरी कूल २ हजार १ सय ६० ट्याबलेट र ओपिडोल १५ बट्टामा २सय १० पत्तागरी कूल २ हजार १ सय ट्याबलेट उनको घरबाट बरामत भएको निरीक्षक पुनले जानकारी दिए ।

झालाई पक्राउगरिए लगत्तै स्थानीयवासीले नछोड्न आग्रह गर्दै इलाका प्रहरी कार्यालय बेल्टार र जिल्ला प्रहरी कार्यालय गाईघाटलाई ध्यानाकार्षण पत्र नै बुझाएका छन् ।

लागुऔष बेचबिखन गरेर पढ्ने उमेरका युवायुवतीहरुको भविश्य बर्वाद पारेको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् ।
मुख्य अभियुक्त पत्ता लागिसकेको छ, कुनै हालतमा बहानावाजीमा र पहुँजको भरमा छाड्न नहुने स्थानीयको सुझाव छ ।

यसअधिपनि पटकपट अवैध लागुऔषधको कारोबारमा पक्राउ पर्दै आएका झा क्षणभरमै रिहाई हुँदै आउने गरको स्थानीयको भनाइ छ ।
तर यसपटक भने त्यस्तो नहोस प्रहरी निरीक्षक पुनलाई स्थानीय पीडितहरुले आग्रहसमेत गरेका छन् ।

झालाई आजै आवश्यक कारवाहीको लागि बरामद औषधीसहित औषधी व्यवस्था विभाग पठाउँने तयारी भइरहेको प्रहरीले जनाएको छ ।