Tuesday, July 7News That Matters

प्रतिबन्धित लागुऔषध सहित महिला पक्राउ

पूर्णपुष्टि, पुष २९ गते ।

मोरङको बिराटनगर महानगरपालिका–१५ हुलास चोक स्थितबाट प्रतिबन्धित औषधी सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका–४ पाँचथरकी २० बर्षीया एन्जिला सुजी रहेकी छिन् ।

आज बिहान साढे ९ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुजीलाई पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउदै गरेको सुजीलाई प्रहरीले चेकजाँच गर्दा प्रतिबन्धित औषधी लुपिजेसिक–३ एम्पुल,डाइजोपाम–३ एम्पुल ,फेनारागन–३ एम्पुल, एभिल–३ एम्पुल,नाइट्राभेट–३० चक्की, सुई–३ थान र स्पास्मो प्रोक्सिवन–२ चक्की फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानाबाट थप अनुसन्धान भईरहेको छ ।