Tuesday, July 7News That Matters

सगरमाथा आधारभुत विद्यालयको ३५औँ जन्मोत्सव सम्पन्न

पूर्णपुष्टि, पुष २९ । चौदण्डीगढी नगरपालिका ७ भुल्केमा अवस्थित सगरमाथा आधाभुत विद्यालयले आफ्नो ३५औँ जन्मोत्सव सम्पन्न गरेको छ । विहिवार एक कार्यक्रमको आयोजना गरी निर्वतमान प्रधानाध्यापक अम्बर बहादुर खड्कालाई विद्यालयले जन्मोत्सवको अवसर पारी सम्मानका साथ बिदाई गरेको हो । खड्काले विद्यालयको स्थापना कालदेखिनै जिम्मेवारी सम्हाल्दै आएका थिए ।

विद्यालयले आफ्नो जन्मोत्सवकै अवसर पारी एक लाख बारावरको अक्षकोषको स्थापना गरेको छ । कोषमा स्थापना गर्नुहुने कुल बहादुर भुजेल, मिन बहादुर कटवाल, निबर्तमान बिद्यालय ब्यबस्थापना समितीका अध्यक्ष मणिकुमार कटवाल, बिद्यालयलाई पंखा सहोयोग गर्ने दाताहरु रमेश पौडेल, मणिका राई, किशोर कुमार चौधरी, बिधालयमा अतिरिक्त कृयाकलापमा बिशेष कार्य गर्ने शिक्षक दिल बहादुर राई लगायतलाई सम्मन गरिएको थियो ।

कार्यक्रममा वडाका वडाध्यक्ष शिक्षा शाखा प्रमुख, पुर्व विद्यालय व्यवस्थापन सममितिका अध्यक्ष लगाएत अभिभावकहरुको उपस्थितिमा कार्यक्रमा सम्पन्न भएको थियो ।