
पूर्णपुष्टि, गाईघाट÷बैशाख ६ । उदयपुरको बेलका नगरपालिकामा बैशाख १ गदेखी सञ्चालन भएको ६ दिने प्रथम बेलका पर्यटन महोत्सव आज सम्पन्न भएको छ ।
बेलकाको जल, जमिन र आकाशमा रमाऔँ, ऐतिहासिक प्राकृतिक र साहसिक पर्यटन प्रवर्धन गरौँ भन्ने मुल नाराका साथ सञ्चालन भएको महोत्सवको समापन तिर्थस्थल वराह धामको सप्तकोशी किनारदेखी बेलका–८ सोमवारेस्थित बेलका रिसोर्टसम्म र्याफ्ट्ङ्गि साथै बोटिङ्, प्याराग्लाईडिङ र साईकलिङ्गका साथ गरिएको छ ।
बेलकालाई पूर्वी पर्यटनको हव बनाउने लक्ष्यले संचालन गरिएको महोत्सवको समापन तिर्थस्थल वराह धामको सप्तकोशी किनारदेखी बेलका–८ सोमवारेस्थित बेलका रिसोर्टसम्म र्याफ्ट्ङ्गि साथै बोटिङ्, प्याराग्लाईडिङ र साईकलिङ्ग गर्दै सम्पन्न गरिएको छ ।
त्रियुगा नगरपालिका पूर्व मेयर तथा उदयपुर विकास समितीका अध्यक्ष बलदेव चौधरीले बेलकालाई पूर्वी पर्यटनको हव बनाउने लक्ष्यले ६ दिने महोत्सव संचालन गरिएको बताएका छन् । पर्यटकलाई आकर्षण गर्न यहाँ र्याफ्ट्ङ्गि, बोटिङ्, प्याराग्लाईडिङ, जंगल सफारी, वर्ड वाचिङ्ग, ट्रेकिङ्ग÷हाईकिङ्ग÷ट्रेक, र स्थानिय खाना ब्रान्डिङ्ग गरिने उनले बताए । बेलकालाई नेपालकै अग्रणी प्राकृतिक, सास्कृतिक, धार्मिक र साहसिक पर्यटन गन्तव्य बनाउने र यसबाट स्थानिय रोजागरी सृजना, आर्थिक समृद्धी र सस्कृती संरक्षण हुने उनको भनाई छ । बेलका नगर पर्यटन विकास समति, उदयपुर पर्यटन विकास बोर्ड र बेलका होटल तथा र्पटन समितिको आयोजनमा महोत्सवको आयोजना गरिएको हो ।

