Sunday, June 7News That Matters

प्रथम सुदूरपश्चिम खाना महोत्सव सुरु

पूर्णपुष्टि, फागुन १४ गते । 

कैलालीको धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ सुरु भएको छ । होटल व्यवसायी संघ कैलालीको आयोजनामा ‘मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना’ भन्ने मुल नाराका साथे खुला मञ्चमा महोत्सव सुरु भएको हो ।

विभिन्न जातजातिका पञ्चकन्या, पञ्चेबाजा, सुदुरपश्चिमको मौलिक बाजा नरसिंगा र प्रदेशका ९ जिल्लाका ९ वटा दीप प्रज्वलन गरेर खाना महोत्सवको उद्घाटन गरिएको थियो ।

सुदूरपश्चिमका विभिन्न समुदायका जातजातीका परम्परागत मौलीक खानाका परिकारहरु उनीहरुकै भेषभूषा, संस्कार र संस्कृति झल्किने गरी खुवाउने गरिरहेको होटेल व्यवसायी संघले जनाएको छ ।

प्रदेशका स्थानीय समुदायका खानाका मीठा परिकारमा गतानी डुब्का, रोट, माणा, निसौसे, बाबर, बटुक, ढिक्री, अन्डीभात, भुबुरे लगायतका परिकारहरुको स्वाद महोत्सवमा चाख्न पाईने जनाईएको छ । आगामी फागुन २० गतेसम्म महोत्सव सञ्चालन हुने भएको छ ।