Saturday, July 11News That Matters

प्रथम स्व. दिपक राई स्मृति फुटवल प्रतियोगितालाई खेल सामाग्री र आर्थिक सहयोग जुट्दै

पूर्णपुष्टि, १७ बैशाख ।
प्रथम स्व. दिपक राई स्मृति फुटवल प्रतियोगितालाई सहयोग जुटिरहेको छ । यहि बैशाख २२ गतेदेखी गाईघाट स्थित साकेला खेल मैदानमा हुने प्रतियोगिताका लागि खेलप्रेमी खेलाडी, बुद्धिजीवी, समाजसेवी, कर्मचारी लगायत व्यक्तित्वहरुबाट निरन्तर सहयोग जुट्दै आएको हो । आयोजक साकेला युवा समूहको नेतृत्वमा हुन लागेको प्रतियोगितालाई स्वर्गिय दिपक राईको श्रीमती गिता राईको मुख्य सहयोग रहेको छ । राईले प्रतियोगितामा लाग्ने सम्पूर्ण व्यवस्थापकीय खर्चको जिम्मेवारी लिएकी छिन् ।

यस सँगै खेललाई सफल बनाउन बिभिन्न व्यक्ति तथा संघ संस्थाहरुले पनि सहयोग गर्दै आईरहेको छ । पहिलो पटक हुन लागेको उक्त प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्ने भन्दै आयोजक थप सहयोगहरु जुटाउँन लागि परेको हो । गिता राई बाहेक अन्यले पनि आर्थिक सहयोग गरेमा प्रतियोगितालाई सोचेको भन्दा बढी स्तरीय गर्न सकिने आयोजको भनाई छ । प्रतियोगिताका लागी आर्थिक मजबुद भए व्यवस्थापकको पाटोमा सहज हुने र खेललाई भव्य सफल बनाउन सकिने अयोजकको विश्वास छ । प्रतियोगितालाई एन्फा महासचिव देखी सांसदको समेत सहयोग जुटेको छ ।

हाल आर्थिक सहयोग गर्नेहरुमा सुनिता राई गाईघाट रु ५१००, राज राई खोटाङ रु ५ हजार, राजन्द्र खड्का बेल्टार रु ५००५, राजन किराती (प्रदेश सांसद) बेल्टार रु २४००, रामप्रसाद चौलागाई मोतिगडा रु २ हजार, रेखा राई गाईघाट रु २ हजार र नजबुल खान आभासा अभियान्ता गाईघाट रु ११ सय रहेको छ । एता खेलकुद सामाग्री सहयोग गर्नेहरुमा एन्फा माहासचिव किरण राई, युवा समाजसेवी राज लामा, दोर्ज कुमार राई र सांसद किराती रहेको छ । माहासचिव राईले फुटवल सहयोग गरेका छन् भने समाजसेवी तामाङले भने खेलाडीहरुका लागि जर्सि सहयोग गरेको छ । यता दोर्ज कुमार राई र सांसद किरातीले पनि फुटवल सहयोग गरेका छन् । सांसद राईले आर्थिक सहयोग पनि गरेको छ । आर्थिक सहयोग निरन्तर रहेको आयोजकले जनाएको छ । गिता राईले थप अपुग खर्च पनि आफै हाल्ने तर प्रतियोगितालाई भव्य बनाउने जनाएकी छिन् । त्यसका लागि आयोजकलाई प्रतियोगितामा होमिन सुझाएकी छिन् ।