Sunday, May 17News That Matters

प्रदेश सांसद अम्विका थापाको याेगदान : विकास पूर्वाधारदेखि महिला सशक्तिकरणसम्म

पूर्णपुष्टि, असोज २३ । 

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को तर्फबाट समानुपातिक कोटामा १ नं. प्रदेश सांसद बन्नुभएकी अम्बिका थापाले आर्थिकवर्ष २०७६/०७७ मा उदयपुरको शिक्षा र महिला सशक्तीकरणमा टेवा पुरयाउनु भएको छ । बेलका, चौदण्डीगढी र त्रियुगा गरी तीन नगरपालिकामा उहाँले आफ्नाे सांसदीय कोष लगानी गर्दै शिक्षा, महिला सशक्तीकरण लगायतका क्षेत्रको विकासमा टेवा पुरयाउनु भएको हो ।

सांसदीय कोषको ५० लाख बजेटलाई शिक्षा र महिला सशक्तीकरणमा प्राथमिकता राख्दै तीन पालिकामा विभिन्न शिर्षकमा विनियोजन गर्नुभएकी सांसद थापाले थोरै बङजेटमा पनि धेरै काम गर्ने र जनतासंग खुसी साट्ने प्रयत्न गर्नुभएको उहाँका स्वकीय सचिव सम्भुप्रसाद शर्माले बताउनुभयो ।

नारद अारर्श क्याम्पसकाे गेट
रंगमहल पदमार्ग

स्वकीय सचिव शर्माका अनुसार सामुदायिक भवन, सडक निर्माण, खेलकुद, पत्रकारिता प्रवर्धनसम्मको काम भएका छन् । शिक्षातर्फ चौदण्डीगढी नगरपालिकाको वडा नं. ६ स्थित ज्योती जनता वहुमुखी क्याम्पसमा ७ लाख बजेटको दुईकोठे भवन निर्माण भएको छ । सोही पालिकाको वडा नंं ९ स्थित वालमुखी प्राथमिक विद्यालय, अजगरामा ६ लाख बजेटको भवन निर्माण भएको छ भने वडा नंं. ४ को नारद आदर्श शिक्षा क्याम्पसमा ७ लाख बजेटमा गेट निर्माण र घेराबेराको काम भएको छ । गेटले क्याम्पसकाे अाकर्षण थपेकाे छ भने घेरावेराले सुरक्षा दिएकाे छ । त्रियुगा नगरपालिकाको वडा नं. १३ स्थित जनता आधारभूत विद्यालय वहेडुवामा एकलाख बजेटको आइसिटि सामान खरिद भएको छ ।

विकासे कामतर्फ बेलका नगरपालिकाको वडा नंं ८ रंगमहलबाट बोक्ताङ जाने पदमार्ग निर्माण भएको छ । ५ लाख बजेटमा निर्मित साे मार्गले स्थानीयलाई आवतजावतमा सजिलो भएको छ । त्यसले पर्यटन प्रर्वधनमा समेत टेवा पुगेकाे छ । त्यस्तै त्रिनपा ११ मा ५ लाख बजेटमा जलजलामार्ग बौवा वस्नेतको घर अगाडीबाट कल्पना विष्ट अधिकारीको घरहुदै लक्ष्मी खड्काको घरसम्म सडक ग्राभेल तथा नाला निर्माणको काम भएको छ ।

महिला सशक्तिकरण अन्तर्गत वितरण टपरी मेसिन

बेलकाको वडा नं. ६ मा सामुदायिक भवन निर्माण भएको छ । १० लाख बजेटमा निर्मित सामुदायिक भवनले स्थानीयलाई कार्यक्रम गर्न सजिलो भएको छ । ब्यवस्थितरुपले सामुहिक कार्यक्रम गर्न सजिलो भएको छ । बेलका–८ स्थित सेतीखोला शिवालय मन्दीरको मर्मत सम्भार पनि भएको छ । ५० हजार खर्चबाट मर्मत सम्भार गरिएपछि मन्दीरको स्वरुप नै थप राम्रो बनेकाे स्थानीयले बताएका छन् ।

सांसद थापाको संसदीयकोषबाट तीनवटै नगरपालिकामा महिला सशक्तिकरण कार्यक्रम भएसंगै बेलकामा सिमान्तकृत तथा पिछडिएका छात्रलाई साईकल वितरण, चौदण्डीमा नगर क्रिकेट संघ बेल्टारलाई क्रिकेट सामग्री प्रदान गरिएको छ भने त्रिनपाको शान्तिधाममा बुद्धमुर्ती निर्माण र शिवलिंगमा ट्रष्ट निर्माण भएको छ । बेलकामा दलित उत्थान तथा जनचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

वितरित साइकल

थोरै बजेट भएपनि राम्राे काम र बजेटकाे सदुपयोग होस् भन्ने हेतुले आवश्यकता र जनताको मागलाई मध्येनजर गर्दै बजेट कार्यक्रम बाँडिएको प्रदेश सांसद थापाले बताउनुभयो । जनताको माग र आवश्यकता धेरै रहेकाले आगामी दिनमा थप सम्बोधन गर्ने प्रयास हुने उहाँले बताउनुभयो ।

सांसद थापाले यसअघिको आर्थिक वर्षहरुमा जनताको आवश्यकताको आधारमा सडक, खानेपानी, सिंचाई, नदि नियन्त्रण, शिक्षा पूर्वाधार र पर्यटन प्रवद्र्धनका काममा कोष खर्चिनु भएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) १ नं. प्रदेश कमिटि सदस्यसमेत रहनु भएकी सांसद थापाले आगमी दिनमा पनि जनताको विकास आवश्यकतासंगै शिक्षा, जनचेतनामा जोड दिने बताउनुभयो ।

उहाँकै पहलमा प्रदेश सरकारको बजेटबाट नेपाल पत्रकार महासंघको सडक पनि पक्की बनेको छ । १ सय २० मिटर कच्ची सडकलाई पक्की गरिएको हो । उक्त सडकमा पहिले वर्षातले बगाइरहने र खाल्डाखुल्डी भइरहनाले पत्रकार महासंघ आवातजावतमा समस्य हुने गरेको थियो । अव त्यो समस्या समाधान भएको छ । त्यतिमात्र नभई बोक्सेक्षेत्र आवातजावतका साथै जिल्ला समन्वय समितिको कार्यालय जानका लागि सजिलो भएको छ । २२ लाख बजेटमा निर्मित पक्की सडकपछि स्थानीय बासिन्दालाई पनि सहज भएको छ ।

पत्रकार महासंघ पक्की सडक