
पूर्णपुष्टि, असाज २३
वैदेशीक रोजगारीको क्रममा विभिन्न देशमा पुगेको उदयपुरे युवाहरुले त्रियुगा नगरपालिका–६ लालपत्ताकी मृगौला पीडित कल्पना भट्टलाई आर्थीक सहयोग गरेको छ ।
वैदेशिक रोजगारीका लागी मलेसिया र कुवेतमा रहेको उदयपुरे युवाहरुले मृगौला पिडित भट्टलाई १ लाख ३६ हजार सहयोग गरेको हो ।
उक्त रकम स्थानीय समाजसेवी युवा प्रवेश खड्कामार्फत पीडितका ससुरा सुर्यबहादुर भट्टलाई हस्तान्तरण गरिएको छ । पीडितका ससुरा सुर्यबहादुरले सहयोग गर्नुहुने सबैमा धन्यवाद व्यक्त गर्दै अफ्ट्यारो परिस्थितिमा गरेको यो सहयोग जीवन भर कहिले नभुल्ने बताए ।
आर्थिक अवस्था कमजोर भएकोले उपचारबाट बन्चित हुन नदिनको लागी उदयपुरे युवाहरुले आफ्नो जिल्ला र अन्य जिल्लादेखि बंगलादेश र बर्माका नागरिकलेसमेत सहयोग गरेको जनाईएको छ ।
मलेसियाबाट सिबकुमार दर्लामी काभ्रे १५१, लालबहादुर तामाङ संखसभा १०१, सोम तामाङ गोर्खा १०१, निर्मल मण्डल मोरङ ५१, चन्द्रबहादुर भण्डारी मोरङ ५०, पुर्ण जोगि सिन्धुली ५०, सुशील राई गुल्मी १०१, बुइयान इमोन बङ्गलादेस ५०, रहमान मिजानुर बङ्गलादेस ३०, ज मेयो अव्न बर्मा ५०, सिबराज धिमाल सुनसरी ३०, कृष्ण तामाङ सर्लाही १००, नवीन लिम्बु ताप्लेजुङ ९०, राम चौधरी दाङ ५०, मनिलाल सार्की सिराह गोलबजार ५०, सुरेस थापा नुवाकोट ५०, साने बहादुर लो सर्लाही ५०, अज्वल पटेल सर्लाही ५०, तिर्थ बहादुर वाइबा सिन्धुली ५०, जैन बहादुर थारु कपिलवस्तु ५०, कृति चौधरी उदयपुर ५०, नवीन कार्की उदयपुर ५०, किरण रम्तेल सिराहा लाहन ५०, सेखर लाल महर्जन सिन्धुली ५०, मुकेश कुमार साह सिराहा मिर्चैया ५०, हरिबहादुर राउत खोटाङ ५०, घमकरकुमार कैलाली ५०, बद्री थपा खोटाङ ५०, बुद्धिबहादुर लो सर्लाही ५०, भिम सोति अर्घाखाँची ५०, नीर बहादुर बिक धनुषा ५०, अर्जुन कोइराला सुनसरी १००, मनोज श्रेष्ठ सुनसरी १००, सुबास राई चाम्लिङ उदयपुर ५५, बिक्रम सुवेदी उदयपुर ५०, अस्विन दाहाल उदयपुर १००, मोहन गिरि उदयपुर ११०, मीन बहादुर कार्की उदयपुर १००, प्रबिन बोहरा उदयपुर १००, बिधुर धिमाल उदयपुर २५१, सिबजी श्रेष्ठ उदयपुर १०५, दिपक बिष्ट उदयपुर ५१, सर्बन कुवर उदयपुर १००, बाबू बिनय खड्का उदयपुर ५०, लाल बहादुर बि.क. उदयपुर १००, असोक बोहरा उदयपुर ८०, देबराज तामाङ उदयपुर १००,जीवन तामाङ उदयपुर १००, कमल बुर्जा मगर उदयपुर १०५, नारायण राउत उदयपुर १००, भक्त सागर गहत उदयपुर २००, राजन सुयाल थापा उदयपुर १००, मुस्कान बस्नेत उदयपुर १५०, प्रेमबहादुर खड्का उदयपुर १५०, पर्सुराम मगर उदयपुर ५५, ईश्वर लाम्घाते उदयपुर ५०, जित बहादुर बि.क.उदयपुर १०० र प्रविन बोहरा उदयपुर नेपालटार ५० रिंगट सहयोग गरेको थियो ।
कुवेतबाट उदयपुरका उदब थापाले नगद ५ हजार ५ सय, दिपक लामाले २ हजार रुपैयाँ र राज कुमार खड्का रु १ हजार ५ सय रुपैयाँ र मलेसियाबाट उदयपुरका दान बहादुर बिक २ हजार ५ रुपैया संकलन गरेर पठाएको खड्काले बताए ।

