
गाईघाट/१३
१ नं प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता उदयपुरमा आज देखी सुरु भएको छ ।
जिल्ला व्याडमिन्टन संघ उदयपुरको आयोजनामा १ नं प्रदेशका १४ ओटै जिल्ला र छिमेकी जिल्लाहरु सिराहा, सप्तरी, र सिन्धुली समेतको टिम उपस्थिति रहेको आयोकले बताए ।
आयोजकका अनुसार ४९ ओटा टिममा खेलमा सहभागी भएको छ । १ नं प्रदेशबाट र छिमेकी जिल्लाहरु सिराहा, सप्तरी र सिन्धुली गरी ४९ ओटा टिम खेलमा सहभागी भएको आयोजकले बताए ।
