Wednesday, June 10News That Matters

प्रदेश १ का मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा ५ जना पक्राउ

पूर्णपुष्टि, साउन २९ गते ।
प्रदेश नं. १ का मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा पााँच जना पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा नवनिर्मित ओपीडी भवन उद्धाटनका लागि पुगेको स्वास्थ्यमन्त्री जयराम यादवलाई कालो झण्डा प्रदर्शन गर्ने युवाहरु प्क्राउ परेका छन् । आइतवार मंगलबारे युवा क्लवका अध्यक्षसहितका युवहरुले कालो झण्डा देखाएका छन् ।
अस्पताल भवन निर्माणमा अनियमितता भएको भन्दै उनीहरूले त्यसको छानबिन गर्नुपर्ने माग राख्दै आएका छन् । कालो झण्डा देखाउने क्लबका अध्यक्ष पिपलराज गिरी, सचिव रेशु कटवाल, शेखर खड्का, प्रतिक पाण्डे र प्रदिप दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले उक्त ओपीडी भवन निर्माणमा अनियमितता भएकाले आयव्यय सार्वजनिक गर्न माग गर्दै आएका थिए । यसअघि क्लवले भवन निर्माणको सम्पूर्ण खर्च विवरण माग राख्दै अस्पताल प्रशासनलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।
अस्पतालले आयव्यय सार्वजनिक नगरेकाले उक्त भवन उद्घाटनमा पुगेका मन्त्री यादवलाई कालो झण्डा देखाएको युवा क्लबमा आवद्ध युवाहरूले बताए । उनीहरुले भवन निर्माणमा व्यापक अनियमितता भएकाले छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।