
पूर्णपुष्टि, वैशाख २८ गते ।
स्थानीय निर्वाचलाई लक्षित गरेको १ नम्बर प्रदेशका सबै सीमानाका तीन दिनको लागि बन्द गरिएको छ । जिल्ला प्रशान कार्यालय मोरङले आज बिहान १२ बजेदेखि वैशाख ३० गते रातिको १२ बजेसम्म ७२ घण्टा नेपाल भार सीमानाका बन्द गरिएको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश १ को इलाम, झापा, मोरङ र सुनसरी नाका बन्द गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।
निर्वाचनको अघिल्लो दिनसम्म एम्बुलेन्स, शव वाहन, दमकल वैवाहिक प्रयोजनका लागि प्रयोग हुने सवारी साधन र पेट्रोलियम पदार्थ बोकेको गाडी आवतजावत गर्न भने दिइने छ । यस्तै ३० गते निर्वाचनको दिन भने नाकाबाट एम्बुलेन्स र दमकलबाहेक कुनै पनि सवारी साधन आवतजावत गर्न निषेध गरिएको छ । ‘भारतसँग जोडिएका ४ वटा जिल्ला इलाम, झापा, मोरङ र सुनसरी नाका ७२ घण्टा बन्द रहन्छ,’ प्रदेश १ का प्रहरी प्रमुख अरुणकुमार बिसीले भने, ‘अति आवश्यक काम परेकाहरू भारत जान पाउँछन्, तर नेपाल आउन पाउँदैनन् ।’ ०७४ सालमा जस्तो प्रदेश १ मा सुरक्षा चुनौती नरहेको पनि उनले बताए ।
