Monday, April 20News That Matters

प्रदेश १ मा प्रादेशिक संञ्चार प्रतिष्ठानको नियुक्तिमा चार संगठनको आपत्ति, नियुक्ति तत्काल रोक्न माग

पूर्णपुष्टि, कार्तिक ५
१ नं प्रदेशमा प्रादेशिक संञ्चार प्रतिष्ठानमा मापदण्ड विपरित जताततै एक्लौटि हिसावले नियुक्ति गरिरहेको आपत्ति जनाउँदै ४ संगठनले यसलाई तत्काल रोक्न माग राखेको छ । चार संगठनको संयुक्त हस्तक्षरमा प्रेस विज्ञाप्ती निकाल्दै यसलाई तत्काल रोक्न माग राख्दै ध्यानाकर्षण यस प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण रहेको विज्ञाप्तीमा उल्लेख गरिएको छ । प्रेस सेन्टर, प्रेस युनियन, समाजवादी प्रेस र प्रेसमंच नेपालले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी यसको चर्को विरोधमा उत्रिएको हो ।

विज्ञप्तिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा प्रादेशिक सञ्चार प्रतिष्ठान सञ्चालक समितिमा धमाधम भइरहेको नियुक्ति खारेज गर्न माग गरिएको छ । प्रदेश १ सरकारले प्रादेशिक संचार प्रतिष्ठानमा गरेको नियुक्ति सबै संञ्चारकर्मिहरुको हितको लागि नभई व्यक्तिगत स्वास्र्थ र आपसी हिसावको नियुक्ति रहेको भन्दै संगठनहरुले आपत्ति जनाएको विज्ञाप्तीमा लेखिएको छ ।

विज्ञाप्तीमा भनिएको छ, प्रतिष्ठान जस्तो समग्र पत्रकारिताको विकासका लागि स्थापित साझा निकायमा विधि, पद्धति र मापदण्ड विपरित एक्लौटी ढंगले प्रतिष्ठानमा नियुक्तिले पत्रकारिता क्षेत्रमा गलत पत्रकारिताको संस्कार साविद हुने हाम्रो निष्कर्ष छ, निर्धारित समयभित्र संसदबाट विश्वासको मत प्राप्त गर्न नसकी सान्दर्भिकतामै प्रश्न उठिरहेको यस सरकारले हतार हतारमा गरिरहेको यस नियक्तिले पत्रकारिता क्षेत्रमा गलत नाजिर मात्रै स्थापित नगरी प्रादेशिक संञ्चार प्रतिष्ठानको गरिमालाई समेत ध्वस्त पारेको विज्ञाप्तीमा भनिएको छ ।