Friday, June 19News That Matters

प्रदेश ५ को ३ ठाउँमा आइसोलेसन अस्पताल बन्ने

पूर्णपुष्टि, चैत ८ गते । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्नका लागि ५ न. प्रदेश सरकारले तीन ठाउँमा आईसोलेशन अस्पताल निर्माण गर्ने भएको छ ।

कोरोनाको संक्रमणबाट बच्न पूर्र्व तयारी, प्रतिकार्य र नियन्त्रणका लागि बाँकेमा २ रुपन्देहीमा ३ र दाङमा एउटा अस्पताल बनाउने निर्णय प्रदेश सरकारले गरेको हो ।

बुटवलको धागो कारखाना, भैरहवाको भिम अस्पताल, देवदहमा रहेको देवदह बहुमुखी क्याम्पस रुपन्देहीका लागि तोकिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी मेडिकल कलेज र निजी अस्पतालबाट जनशक्ति व्यवस्थापन गरिने छ ।

बाँकेमा अर्बुद रोग अस्पताल र नेपाल प्रहरीको अस्पताल तथा दाङको बेलझुण्डीमा रहेको आर्युर्वेद अस्पताल तोकिएका छन् । यी अस्पतालमा भेरी अस्पताल , बाँके जिल्लामा रहेका मेडिकल कलेज तथा राप्ती प्रादेशीक अस्पताल र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान बाट जनसक्ती व्यबस्थापन गरिने छ ।

आइसोलेसन तथा उपचार अस्पताल निर्माणको नेतृत्व सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले गर्ने जनाईएको छ । कोरोना रोकथाम तथा उपचारको लार्गि यापिड रेस्पोन्स टिम गठन गरेर काम गरिरहेको प्रदेश सरकारले अबस्था बिश्लेषणको जिम्मेवारी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेको छ ।