
पूर्णपुष्टि, चैत ८ गते ।
नेत्रविक्रम चन्द (विप्लव) समूहका रौतहट जिल्ला इञ्चार्जसहित दुई जना पक्राउ परेका छन् । इञ्चार्ज सङ्केत भनिने कुमार राई र सदस्य जगत गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको हो ।
पक्राउ परेका राई र गुरुङको साथबाट एक थान कटुवा पेस्तोल र एउटा हाते ग्रिनेड बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । विशेष सुचनाको आधारमा प्रहरीले उनीहरुलाई मकवानपुर र रौतहटको सीमा क्षेत्र जङ्गलबाट शनिबार पक्राउ गरिएको प्रहरी जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको ईप्रकाले जनाएको छ ।
