
पूर्णपुष्टि, फागुन ६
त्रियुगा नगरपालिका १६ मा पार्टी प्रवेशको लहर लागेको छ । प्रधानपञ्च तथा पूर्व वडा अध्यक्ष बम वहादुर राई सहित ३९ जना कांग्रेस लगायत बिभिन्न पार्टी परित्याग गरी नेकपा प्रचण्ड–माधव समूहमा प्रवेश गरेको छ ।
प्रधानपञ्च राईको नेतृत्वमा प्रवेश गर्ने ३९ जनालाई बुधबार पार्टीको एक भव्य कार्यक्रम बिच नेकपा केन्द्रिय सदस्य नेता सुरेश कुमार राई, नेकपा केन्द्रीय सदस्य तथा उदयपुरका इन्चार्ज बलदेव चौधरी र नेकपाकै सचिवालय युवा नेता किरण राईले पार्टी प्रवेश गराउनु भएको हो ।
राई नेपाली काग्रेसबाट ३५ बर्ष सम्म प्रधानपञ्च चलाएका व्यक्ति पनि हुन् । उहाँ कांग्रेसबाटै प्रधानपञ्च देखि वडा अध्यक्ष समेत बनेर जनताहरुका लागि काम गर्दे आउनु भएको थियो ।
उहाँले वडामा कांग्रेसको बिकासी गतिबिधि आफुलाई चित्त बुझ्दो नरहेको र स्थानीय स्थरमा रहेर कुनै पनि नेताहरुले काम नगरेको गुनासो गर्नुभयो । आफ्नै ठाउँमा रहेर राजनितिक गरे मात्र गाउँ ठाउँको विकास हुने भन्दै कांग्रेसको यो प्रव्रिद्धि मन नपरेको बताउँदै आफु नेकपा प्रवेश गरेको बताउनुभयो ।
उहाँले “सुखि नेपाली समृद्ध नेपाल” को कल्पनामा नेकपमा ठुलो सम्भावन देखेको र नेकपाको एजेण्डाहरु जनताको हकहितमा रहनुका साथै स्थानीय स्तरलाई बिषेश जोड दिइएको बताउनुभयो ।
यसै गरी कांग्रेसकै वडा उपसभापति जाल्पा चिलाउनेका शिक्षक लिलबहादुर राई पनि कांग्रेस परित्याग गरी नेकपा माधव–प्रचण्ड समूहमा प्रवेश गर्नुभएको छ । उहाँ पनि लामो समय सम्म कांग्रेस राजनितिको अनुभव लिएको व्यक्ति हुनुहुन्छ । उहाँले पनि “सुखि नेपाली समृद्ध नेपाल” को कल्पना नेकपा बाटै गर्न सकिने बताउनुभयो ।
यसै गरी कांङ्ग्रेस परित्याग गरी नेकपा प्रबेश गर्नेहरुमा पेशल राइ , दिल बहादुर श्रेष्ठ , खडिन्द्र कुमार श्रेष्ठ, टंक नारायण श्रष्ठ, होम नारायण श्रेष्ठ, युवराज श्रेष्ठ, नबराज श्रेष्ठ, रोशन श्रेष्ठ, पिताम्बर कार्की, अम्बिका कार्की, अर्जुन कार्की, विन्दा कुमारी कार्की, राम नारायण श्रेष्ठ, भक्त बहादुर श्रेष्ठ , मायादेबी श्रेष्ठ, भक्त बहादुर श्रेष्ठ, चन्द्र बहादुर कार्की, श्याम कुमार राइ लगाएत रहेका छन ।
यसैगरी बिनोद श्रेष्ठ, भोटनारायण श्रेष्ठ, कमल राइ, टिकासरी राइ , दिपक राइ , धनुका राइ , हाम माया राइ , प्रेम कुमारी राइ , मुना राइ , भक्त बहादुर श्रेष्ठ, डुढाराम राइ , सकुन्तला क्षेत्री राइ , भीम कुमार राइ , बल बहादुर राइ , इन्द्र बहादुर राइ , टंक बहादुर राइ केदार कुमार राइ रहेको नेकपा वडा न. १६ कमिटी अध्यक्ष उपेन्द्र बहादुर रखाल मगरले बताउनुभयो । त्यसैगरी अन्य पाटी परित्याग गरी नेकपा प्रबेश गर्नेहरुमा तेजनारायण श्रेष्ठ राप्रपा उदयपुर, बुद्धी बहादुर मगर जिल्ला कमिटी सदस्य (माक्सबाद) रहेका छन ।

