Sunday, May 17News That Matters

सुनको भाउमा आज पनि गिरावट

पूर्णपुष्टि,फागुन ६

सुनको भाउमा आज पनि गिरावट आएको छ । बुधबार प्रतितोलामा १ हजार १ सयले घटेर आठ महिनायताकै सस्तो भएको सुनको भाउ आज प्रतितोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  ।

बुधबार ८९ हजार ८ सयमा कारोबार भएको सुनको भाउ आज ८९ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजावी सुनको भाउ आजका लागि ८८ हजार ७५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँका बिक्री भाउ कायम भएको चाँदीको आजको भाउ १ हजार ३ सय ३५रुपैयाँ तोकिको महासंघले जनाएको छ ।