Tuesday, April 21News That Matters

प्रधानमन्त्री ओली र ’रअ’का प्रमुखबीच भेट भएको पुष्टि

पूर्णपुष्टि, कात्तिक ६

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहका सूर्य थापाले विज्ञप्ति नै निकालेर प्रधानमन्त्री ओली र रअका प्रमुख गोयलबीच भेट भएको जानकारी गराउनुभएको हो ।

उहाँहरुबीच बुधबार राति नै प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो ।  भेटका क्रममा रअका प्रमुख गोयलले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याको वार्तामार्फत समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

भेटका क्रममा अरु के–के विषयमा छलफल भयो भन्नेबारे भने खुलाइएको छैन । रअ प्रमुख गोयल बुधबार दिउँसो विशेष विमानमार्फत काठमाण्डौ ओर्लिनुभएको थियो ।
https://www.facebook.com/permalink.php?story_fbid=202810631225549&id=105043977668882