Tuesday, April 21News That Matters

युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको आग्रह

पूर्णपुष्टि, कात्तिक ६

संयुक्त राष्ट्रसंघले यमनमा युद्धरत दुवै पक्षलाई युद्धविराम गर्न आग्रह गरेको छ । युद्धविराम गर्न र शान्ति वार्ताको बाटो रोज्न संघले आग्रह गरेको हो ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा महासचिव एन्टोनियो गुटर्रेसले यमनको आर्थिक अवस्था नाजुक हुदै गएको र कतिपय स्थानहरुमा नागरिकलाई अहिले मानवीय सहायताको खाँचो परेको भन्दै राष्ट्रव्यापी रुपमा युद्ध विराम गर्नुपर्ने बताएका छन् ।

अब यमनमा तत्कालै देशव्यापी रुपमा युद्धविराम गर्नुपर्ने आवश्यकता छ । युद्धरत पक्षहरुलाई शान्तिका लागि वार्ताको टेबलमा बस्न महासचिव गुटर्रेसले आग्रह गरेको छ ।

हिंसा गरेर नभई यमनमा राजनीतिक माध्यमबाट राजनीतिक समाधान खोज्ने पक्षमा संयुक्त राष्ट्रसंघ रहेको धारणा महासचिव गुटर्रेसले राखेको थियो । उनले यसअघि पनि केही महिना अघि मात्र यहाँका युद्धरत पक्षलाई हिंसा रोकेर शान्तिपूर्ण रुपमा समस्याको समाधान खोज्नका लागि तयार रहन भनेको थियो ।

यमन सन् २०१५ देखि गृहयुद्धको चपेटामा फसेको छ । यहाँका हुथी विदोही र सरकारलाई समर्थन गर्ने फौजको संघर्ष जारी छ ।