Thursday, May 7News That Matters

प्रधानमन्त्री कप : नेपाल र भुटान निर्णयक खेल हुँदै

पूर्णपुष्टि,चैत्र १४ । काठमाण्डौँको त्रिपुरेश्वरमा अवस्थ्ति दशरथ रङ्गशालामा आज प्रधानमन्त्री कप फुटबलको फाइनल पुग्न नेपाल र भुटान खेल्दैछन् । उत्तः खेल नेपाली समय अनुसार बेलुका ६ बजे भएको हो ।

समूह चरणको यो अन्तिम खेलबाट फाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ । आजको खेलमा नेपाल दुई गोलअन्तरले पराजित भए पनि फाइनलमा पुग्नेछ । भुटान फाइनलमा पुग्न नेपालसँगको खेलमा ऐतिहासिक जित आवश्यक छ । त्यसमा समीकरण पनि भुटान अनुकूल बन्नुपर्नेछ । बराबरी भए या जितेमा नेपाल फाइनलमा पुग्नेछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोलले हराएको थियो । त्यस्तै शनिवार भएको खेलमा लाओसले भुटानलाई २–१ गोलले हराएको थियो । लाओसले २ खेलमा ३ अङ्क तथा नेपालले एक खेलमा ३ अङ्क जोडेको छ । भुटानले अङ्क जोड्न सकेको छैन । आजको खेलमा फाइनल पुग्ने टोलीले उपाधिका लागि शुक्रवार लाओससँग खेल्नेछ ।