Thursday, April 30News That Matters

प्रधानमन्त्री सचिवालयका ६ जनाको राजीनामा

कात्तिक २९ गते । 

नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका छ जनाको राजीनामा प्रधानमन्धि ओलीले स्वीकृत गर्नुभएको छ । उहाँकै आग्रहमा राजीनामा दिएका सचिवालयका ११ जनामध्ये छ जनाको मात्र राजीनामा स्वीकृत गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, तथा सचिवालयका कृष्ण पौडेल, घनश्याम भट्टराई र उदय पोखरेलको राजीनामा स्वीकृत गर्नुभएको प्रधानमन्त्री निकट श्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, मुख्य स्वकीय सचिव इन्द्र भण्डारी, मिडिया विज्ञ रामशरण बजगाई र होम रिमाल भने सचिवालयमै यथावत रहने भएका छन् ।