Monday, May 4News That Matters

प्रधान न्यायाधीशद्वारा नव निर्मित उदयपुर जिल्ला अदालत भवनको उद्घाटन

पुर्णपुष्टि,असार २५ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १० मा अवस्थित जिल्ला अदालतको नव निर्मित भवन प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले उद्घटन गरेका छन् । सोमबार एक कार्यक्रम बीच न्यायाधीश सत्य मोहन जोशीको अध्यक्षतामा जिल्ला अदालत भवनको औपचारीक रुपमा प्रधानन्यायाधीश कार्कीले उद्घटन गरेका हुन् ।

उद्घाटन गर्दै कार्कीले अदालतले छिटोछरितो र विना झन्झट न्याय प्राप्त गर्ने वातावरण बनाउनुपर्ने बताए । अहिले अदालतले न्याय र कानून नमर्ने गरी फैसला भन्दा मिलापत्रलाई महत्व दिएर न्याय सम्पादन गरिरहेको जनाए ।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश प्रकासमान सिह, जिल्ला न्याधिवक्ता राजकुमार राउत, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर बिश्वकर्मा, त्रियुगा नगरपालिकाका प्रमुख वसन्त कुमार बस्नेत, नगर उपप्रमुख महेश्वर राई, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।