प्रभातफेरी र्याली सहित गाईघाटमा ट्राफिक सप्ताहको बिधिगत उद्घाटन

पूर्णपुष्टि, पुष ४
उदयपुर गाईघाटमा प्रभातफेरी र्याली सहित ट्राफिक सप्ताहको बिधिगत उद्घाटन भएको छ । सप्ताह कार्यक्रम प्रदेश न १ भरि आजकै दिन एकै समयमा उद्घाटन गरिएको छ । सप्ताह भरी उदयपुरमा पनि बिभिन्न कार्यक्रमहरुको आयोजना गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय १ नं प्रदेशको आयोजनामा प्रदेशभरी रहेको १४ ओटै जिल्लाहरुमा सप्ताह कार्यक्रमको आयोजना गरिएको छ । ट्राफिक नियमको पालना सँगै दुर्घटना न्युनिकरण गर्ने उदेश्यले कार्यक्रमको अयोजना गरिएको आयोजक प्रदेश कार्यालयले जनाएको छ । सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्युनिकरण गरौँ” भन्ने नराका साथ कार्यक्रम सुरु भएको हो ।

सुरक्षित यात्राका लागि दुइपांग्रे सवारीलाई विषेश ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यलय उदयपुरका साहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले चालकलाई हेलमेट लगाईदिएर त्रियुगा बसपार्कमा कार्यक्रमको बिधिगत उद्घाटन गर्नुभयो ।

कार्यक्रममा प्रशासन, सुरक्षाकर्मीका शसस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, चालक, विद्यार्थी स्थानीय सरकार, कर्मचारी तथा संञ्चारकर्मीहरु सहितको उपस्थितिमा प्रभातफेरी र्याली गरिएको थियो । र्याली पिपलचोक बाट त्रियुगा बसपार्कमा गई कार्यक्रममा परिणत भएको थियो ।

उदयपुरका ट्राफिक इन्चार्ज लिला कुमार श्रेष्ठका अनुसार पहिलो दिन अर्थात ४ गते विद्यार्थी सहित, सुरक्षाकर्मी, नागरिक समाज अन्य सम्बन्धित क्षेत्रहरुलगायतको उपस्थितिमा प्रभातफेरी र्याली सहित कार्यक्रमको औपचारिक उद्घाटन गरिएको जनाए ।

त्यसैगरी दोस्रो दिन जिल्लाभरीकै ट्राफिक कार्यालयहरुको माताहतमा पर्जा पम्पप्लेट वितरण तथा ट्राफिक संयम सेवक खटाईने छ, भने तेस्रो दिन माहानगर तथा नरपालिका बजार भित्र रहेको पुटपाथहरु, ट्राफिक चिन्ह, र जथाभावि राखिएको सामानहरु हटाईनेछ, त्यसैगरी चौँथो दिन बसपार्क नजिकै रहेको त्रियुगा पुलमा संयुक्त रुपमा सवारी साधनहरुको अवस्था, ट्राफिक नियम तथा कागजात चेक जाँच सवारीमा सरकारले तोकेको मापदण्ड जस्तै अपाङ सिट, यात्रुको परिणाम, सिट क्षमता जस्ता आरकक्षणको निगरानी सँगै ३ ओटा विद्यालयहरुमा विद्यार्थीहरुलाई सचेतना सम्बन्धि कक्षा संञ्चालन गरिनेछ । यता पाँचौ दिन पिपलचोकमा विद्यार्थीहरुलाई सहभागी गराई ट्राफिक सचेतनाको लागि कार्यक्रमको तयारी गरिएको छ ।

छैँटौ दिन स्वास्थ्य कार्यालयको समेत संयुक्त आयोजनामा ब्लड प्रेसर तथा आँखा चेकजाँज जस्ता स्वास्थ्यको कार्यक्रम रहेो छ भने सातौँ दिन सम्पूर्ण कार्यक्रमको समिक्षा सहित कार्यक्रम सम्पन्न हुने जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ ।


कार्यक्रममा साहायक प्रमुख जिल्ला अधिकारी पोखरेल सहित जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहोरा, शसस्त्र प्रमुख सुधिर सुवेदी, बोक्से रणसार्दुल गणका प्रमुख, त्रियुगा नगरपालिकाका सुचना अधिकारी विश्वजित राई तथा वडा अध्यक्षहरु पशुपति चौधरी, जयविक्र राई लगायतको उपस्थित रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0