
पूर्णपुष्टि, साउन २१ गते ।
उदयपुरका प्रभावशिल युवा संजिब राईले गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले एनआरएनए कोरियाले आगामी सेप्टेम्बर २१ र २२ तारिखमा गर्ने अधिवेशनका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
कोरियामा विभिन्न सामाजिक संघसंस्थासंग आवद्ध रहि विगत सातवर्षदेखि रहदै आएका राईले आईतबार किम्हे बुसानमा भएको भेलाबाट ख्याङ्सन किम्हे बुसान मासान र मिर्याङ उल्सान लगाएत दक्षिणी भेगको साँझा प्रतीनिधिको रुपमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । भेलाले उनलाई सर्बसहमत उम्मेदवार चुनेको थियो ।
उम्मेदवारी घोषणा संगै उनले दक्षिण कोरियामा रहेका नेपाली कामदारहरूको हकहितमा काम गर्ने प्रतिबद्धताका साथ सिर्जनशिल र रचनात्मक कार्यक्रमहरु अगाडि बढाउने उद्घोष गरेका छन् । उनले कोरियाबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले आफ्नो मताधिकारको प्रयोग गर्दै मतदान् गरिदिन आग्रह गरेका छन् ।
