Sunday, May 17News That Matters

प्रयोग विहिन भयो उदयपुरको कोभिड–१९ अस्पता

पूर्णपुष्टि,माघ २८

कोरोना चेकजाँच  बन्द भएसंगै उदयपुरको कोभिड–१९ अस्पता प्रयोग विहिन भएको छ । चौदण्डीगढी नगरपालिका–६ सातधारेस्थित निर्माणधिन अस्पताल गत मंसिर २४ गतेदेखि संक्रमितहरु निको भएर घर फर्किएसंगै कोभिड अस्पताल प्रयोग विहिन भएको हो ।

गत पुस ६ मा १ नं. प्रदेशका साामाजिक विकासमन्त्री जीवन घिमिरेद्वारा उद्घाटन गरिएको कोभिड–१९ (आईसोलेशन सेन्टर) अहिले प्रयोग विहिन भएको छ ।

विश्वव्यपीरुपमा फैलिएको कोरोना संक्रमितको विगविगी भएको अवस्थामा उदयपुरका ४ नगरपालिका र ४ गाउँपालि मिलेर अस्पताल निर्माण भएको थियो ।

१२ कोठे भवनमा २० शैयाको वेड क्षमता भएको अस्पताल ट्रसबाटै निर्माण भएपनि निकै सुविधा सम्पन्न अस्पताल निर्माण भएको छ ।

तत्कालिन संक्रमितहरुलाई उपचारको अभाव नहोस भन्ने उदेश्यले सोही क्षेत्रमा निमार्ण भइसकेकोे सशस्त्र प्रहरी बल वेस क्याम्पका ४ वटा ब्लकहरुलाई प्रयोगमा ल्याइएको थियो ।

त्यसो त सो आईसोलेशन सेन्टरबाट १ सय ४५ जना स्थानीय तथा विभिन्न जिल्लाका नागरिकहरुकोलाईसमेत उपचार पश्चात घर फर्किएका थिए ।

विरामिहरु निको भएर घर फर्किएसंगै अस्पताल खाली भएपछि अस्पतालको बारेमा केको लागि प्रयोग गरिने अहिलेसम्म ठोस निर्णय नभएपनि विस्तारै छलफलबाट टुंगो लाग्ने वडा नम्वर ६ का वडा अध्यक्ष कमलध्वज राईले जानकारी दिनुभयो ।