
पूर्र्णपुष्टि,माघ २८
गैंडाको खाग तस्करीमा संलग्न गिरोह पक्राउ परेको छ । गत भदौ १६ र २१ गते र कार्तिक १९ गते चोरी शिकारीबाट गैंडा मरेपछि अनुसन्धानको क्रममा ठूलो सो गिरोह पक्राउ परेको हो ।
पक्राउ परेकाहरुको साथबाट चोरी शिकारीमा प्रयोग भएको २ थान भरुवा बन्दुक ,१ स्कार्पियो गाडी, मोटरसाइकल , बैंकमा जम्मा गरिएको ४१ लाखको भौचर , पैसाको बण्डलजस्तै देखिने गरि कागजको बण्डल र केही खानेकुरा बरामद भएको प्रहरीले जनाको छ । उनीहरुविरुद्ध नवलपुर जिल्ला अदालतमा आजै मुद्दा दायर गरिएको छ ।
निकुञ्ज प्रशासन , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धानबाट यति ठूलो संख्यामा पक्राउ गर्न सफल भएको हो ।
