Sunday, May 17News That Matters

चौदण्डीगढीकी किशोरी करणीको आरोपमा असारीका एक युवा पक्राउ

पूर्णपुष्टि, माघ २८

जबरजस्ती करणी गर्ने असारीका एक युवालाई जिल्ला प्रहरी कार्यालय उदयपुले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ११ असारी रोड बस्ने साइमन राईलाई जबरजस्ती करणी गरेको आरोपमा मंगलबार प्रहरीले पक्राउ परेको हो । चौदण्डीगढी नगरपालिका वडा नं. ६ की २० वर्षीया किशोरीलाई ललाईफकाई आफ्नै कोठामा लगेर जबरजस्ती गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । राईले विभिन्न धाकधम्कि समेत दिई किशोरीलाई बलत्कार गरेको आरोप पिडित पक्षले लगाएको छ ।

किशोरीलाई कुटपिटसमेत गर्दै जबरजस्ति करणी गर्न खोजेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । पक्राउ परेका राईलाई थप अनुसन्धान गरिरहेको डिएसपी गौतमले बताए ।