
पूर्णपुष्टि, माघ २८
’नाटकै हो, नौटंकी नै हो लेखेको टिसर्ट बजारमा निस्केको छ । बिभिन्न सामाजिक संञ्जालमा यसको व्यापक चर्चा भएपछि अहिले चल्तीमा आएको वाक्यलाई टिसर्ट प्रिन्टमा ल्याउन पाए व्यापार बढ्छ कि भन्ने सोचले टिसर्ट समेत प्रिन्टमा आईसकेको छ । मूलपानी स्पोर्ट’। कम्पनीले यो टिसर्ट बजारमा ल्याएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड पुष्पकमल दाहालको भाषणमा उत्पती भाएको यो शब्द हरेक व्यक्तिहरुले ब्याङग्यत्त्मक शैलीमा प्रस्तुत भयो । यसै शब्द सामाजिक संञ्जाल टिकटक, फेसबुक लगाएतमा भाईरल बन्यो । बजारमा ब्यापक यो शब्दले स्थान पाएपछि चल्तीमा आएको वाक्यलाई टिसर्ट प्रिन्टमा ल्याउन पाए व्यापार बढ्छ कि भन्ने सोचले प्रिन्ट निकालेको मूलपानी स्पोर्टका सञ्चालक बाबुराम खतिवडाले बताए ।
खतिवडाले अहिले ’नाटकै हो, नौटंकी नै हो’ टिसर्टको नमूना मात्र राखेका छन् । ग्राहकबाट अर्डर आए प्रिन्ट गर्ने भन्दै नमुना मात्र राखेको बताए । ’ग्राहकहरू टिसर्ट यसो हेर्नुहुन्छ । ए, यस्तो पनि आइसक्यो’ भन्दै हाँस्ने, रमाइलो गर्ने गर्नुहुन्छ । तर उत्ति रूचाउनुभएको देखिएन,’ बाबुरामले भने उनले बजारको मागबारे बारे खासै रुची नदेखिएको बताए ।
