
पूर्णपुष्टि, माघ २९
भोली मौसम परिवर्तनको संम्भावना देखिएको छ । भोली देशभर आंशिक तथा सामान्य मौसम बदली रहने छ । मौसम पूर्वानुमानले गरेको पूर्वानुमानका अनुसार शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
भोलि राति सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाले आज भने देशभर मौसम सामान्यतया सफा रहेको र तराई तथा पहाडका केहि भूभागहरुमा हुस्सु र कुहिरो लागिरहेको जनाएको छ ।
यसैगरी, आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । भने, बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
