Sunday, May 17News That Matters

बालिका माथि सामुहिक बलत्कार

पूर्णपुष्टि, माघ २९

मोरङमा पिसाव फेर्ने गएकी बालिका सामुहिक बलत्कारको सिकार भएकीछिन् ।

सोमबार राति ९ः३० बजेतिर घरबाट बाहिर निस्केको मौका छोपी मोटरसाइकलमा छिमेकी टोलबाट आएका जितेश यादव र अजय बैठाले नियन्त्रणमा लिई भेडियारी नजिक मकैबारीमा पु¥याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । ‘उनीहरूले मुख थुनेर मकैबारीमा पु¥याए,’ पीडित किशोरीले प्रहरीलाई भनेकी छन्, ‘मार्ने धम्की दिँदै जबर्जस्ती गरे ।’

जहदा गाउँपालिका–१ की १४ वर्षीया किशोरीलाई दुई युवाले अपहरण गरी बलात्कार गरेका प्रहरीले जनाएको छ ।

गाउँलेहरुबाट १ बजे राति खबर पाएपछि इलाका प्रहरी रानीका प्रहरी निरीक्षक दीपक थापाले ‘तत्काल खटिएको प्रहरी टोलीले मोटरसाइकल बरामद गरेको बताए । थापाका अनुसार ती दुवै युवा भारततर्फ भागेकाले पक्राउ गर्न नसकिरहेको बताए । उनिहरुको खोजी भइरहेको जनाएको छ ।’ उनले पीडितको किटानी जाहेरी आइसकेको जानकारी पनि दिए ।

ती युवाले बलात्कारपछि किशोरीलाई मोटरसाइकलमै राखेर घरभन्दा केही पर ल्याएर छाडिदिएका थिए । स्थानीय वीरेन्द्र राजवंशीले दुवै युवा दिउँसैदेखि टोलमा घुमिरहेको र राति सडकमा मोटरसाइकल रोकेर गफ गरिरहेको देखेको बताए । उनले किशोरीलाई मोटरसाइकलमा लगेको थाहा पाएपछि टोलभरिका मानिस मिलेर खोज्न थाले पनि फेला पार्न नसकेको बताए । ‘दुई घण्टापछि उनी रुँदै आएपछि हामीले प्रहरीलाई खबर ग¥यौं,’ राजवंशीले भने । प्रहरीले खोज्दै जाँदा ती युवाले प्रयोग गरेको को२२प १८१६ नम्बरको मोटरसाइकल स्थानीय उदितचन्द यादवको घर आँगनबाट फेला परेको थियो ।