Sunday, May 17News That Matters

सोधपुछका लागि झाँक्रीलाई प्रहरीले बोलायो

पूर्णपुष्टि, माघ २९

राष्ट्रपति विद्यादेवी भण्डारी उपर दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न प्रहरीले रामकुमारी झाँक्रीलाई बोलाएको छ ।

प्रचण्ड–माधव समूह नेतृकी झाँक्रीलाई सोधपुछका लागि महानगरीय अपराध महाशाखाले बोलाएको हो । माहाशाखा प्रमुख एसएसपी दीपक थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई सोधपुछका लागि बोलाइएको बताए । यता झाँक्रीले आफ्नो अभिव्यक्ति कुनै महिला अस्मिता सँग नजोडिने बताएकीछिन् । बुधबार राजधानीमा आयोजित प्रचण्ड(नेपाल समूहको आमसभामा पनि उनले आफूविरूद्ध लगाइएको आरोपको विरोध गरेकी थिइन् ।

झाँक्रीले आफुलाई प्रहरीले बोलाएकोबारे जानकारी नभएको बताइन् । ’मलाई अहिलेसम्म प्रहरीबाट खबर आएको छैन । खबर आएमा आफु जान तयार रहेको बताईन् । एसएसी थापाले झाँक्रीलाई बिहिबार १० बजे उपस्थित हुन अनुरोध गरेको बताएको छ ।