
पूर्णपुष्टि, कात्तिक ५
बारामा प्रहरीलाई गोली हान्न खोज्ने एक जना भारतीय नागरिकलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।
बुधबार दिउँसो साढे ३ बजे सिम्रौनगढ नगरपालिका–९ सानो बंकुलमा ड्युटिमा रहेको प्रहरीमाथि पेस्तोल हान्ने भारतीय नागरिक २८ वर्षीय बृजकिशोर कुशवाहलाई गोली हानेर पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका कुशवाहमाथि शंका लागि प्रहरी टोलीले रोक्न खोज्दा प्रहरीलाई लक्षित गरी पेस्तोल पड्काएपछि प्रहरीले १ राउण्ड जवाफी फायर गर्दा कुशवाहको बाया पाखुरामामा गोली लागेको प्रहरीले जनाएको छ ।
गोली लागेर घाईते भएपछि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । कुशवाहको अहिले सिम्रौनगढको कंकाली पोलिक्लिनिकमा उपचार गराएको छ ।
साथबाट पेस्तोल र त्यसमा लोड भएको ४ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
