Tuesday, June 9News That Matters

प्रहरी हौं भनि उदयपुरमा लुृट मचाउने २ युवा पक्राउ

पूर्णपुष्टि, असोज १५ गते ।
प्रहरी हौं भन्दैँ उदयपुरमा लुटपाट गर्ने दुई युवक शुक्रबार पक्राउ परेका छन् । जिल्लाको रौतामाई गाउँपालिका–७ बस्ने २३ वर्षीय दिलिप भन्ने दिपेश लुङगेली मगर र त्रियुगा नगरपालिका–१२ बस्ने ३३ वर्षीय सन्तोष चौधरी पक्राउ परेका हुन् ।
चौदण्डिगढी नगरपालिका–८ घर भई हाल त्रियुगा नगरपालिका–१२ त्रिवेणी टोलमा पसल गरी बस्ने २८ वर्षीय राजबल राईलाई हामी सिआईबीका प्रहरी हौं भनि धम्कायर उनीहरुले लुट्पाट गरेका थिए । उनीहरुले नगद बीस हजार रेड्मी ८ मोडेलको मोवाईल १ थान, पसलमा रहेको मुक्तिनाथ बैंकको पँचास हजारको चेकमा दस्तखत गर्न लगाई मोटर साईकलमा फरार भएको पिडितले प्रहरीमा जानकारी गराएको थियो । जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खोज तलासको लागि विशेष प्रहरी टोली परिचालन गरी खोज तलास गर्ने क्रममा रौतामाई–७ मुर्कुचीबाट दुवैलाई नियन्त्रणमा लिईएको हो ।
उनीहरुको साथबाट लुटपाट गरिएको सामानका साथै स. ३ प. ९१५५ नम्बरको मोटरसाईकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक राकेश कुमार पोदारले बताए । पक्राउ परेको दुवैलाई उदयपुर जिल्ला अदालतबाट अपराधिक लाभ लिन नहुने मुद्दामा जरुरी पक्राउ पुर्जीको अनुमती लिई थप अनुसन्धान पोदारले जनाए ।