
पूर्णपुष्टि, असार २३
वन मुद्दाका फरार अभियुक्त ४ वर्षपछि पक्राउ परेको छ । चौदण्डिगढी नगरपालिका–३ का ५६ वर्षीय अजयसिंह राईलाई आईतबार साँझ पक्राउ गरेको हो ।
२०७३ भदौ २१ गते वन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत उदयपुरले ६ महिना कैद सजाय पैmसला सुनाएपछि फरार रहेको प्रतिबादीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अभियुक्त राईलाई पैmसला कार्यन्वयन गर्नका लागी जिल्ला अदालत पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
