Sunday, April 19News That Matters

फरार प्रतिवादी दुईजना पक्राउ

पूर्णपुष्टि सम्बाददाता
२ चैत्र, २०८२ । उदयपुर
इलाका प्रहरी कार्यालय कटारीले फरार प्रतिवादी दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले आज जानकारी दिएको छ । कटारी नगरपालिका ४ का ५५ वर्षिय बिनोद ठाकुर र सोही ठाउँका ३५ बर्षिया शोभाकुमारी चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरुलाई विना इजाजत वन पैदावार खरिद बिक्री तथा ओसारपसार र चेक अनादर मुद्दामा सजाय फैशला भएकोमा फरार रहेका थिए । पक्राउ परेका दुबैजनालाई फैसला कार्यान्वयनका लागि उदयपुर जिल्ला अदालतलाई बुझाइएको प्रहरीले जनाएको छ ।