Monday, June 1News That Matters

फरार महिला पक्राउपछि कारागार चलान

काठमाडौं, वैशाख ११ गते ।
बैंकिङ कसूर मुद्दाका फरार एक महिलालाई प्रहरीले पक्राउ गरी आज जिल्ला कारागार चलान गरेको छ । मस्र्याङ्दी गाउँपालिका–७ सिम्पानी घर रहेका ४१ वर्षीय विमला बर्दियालाई जिल्ला कारागार लमजुङमा चलान गरेको हो ।

ललितपुर जिल्लामा लुकीछिपी बसेको छ भन्ने सूचनाका आधारमा उक्त स्थानीय प्रहरीको समन्वयमा बर्दियालाई शनिबार उक्त जिल्लाबाट पक्राउ गरी लमजुङमा ल्याई आज जिल्ला अदालतमा लगेपछि जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जनकराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार बर्दियालाई उच्च अदालत पाटनले विसं २०७८ पुस २६ गते र विसं २०७७ फागुन १७ गतेको फैसलानुसार पक्राउ गरेको हो ।

“जेल चलाउन भएका महिलाले रु ४४ लाख ९१ हजार ९०० र सात दिन कैद सजाय भुक्तानी गर्नुपर्ने प्रहरीले जनाएको छ”, प्रहरी निरीक्षक रेग्मीले भन्नुभयो, “सात दिन कारागारमा बसेपछि उक्त रकम तिर्न सकेमा छुट्ने र रकम नतिरेमा कारागारमै रहनेछ ।” कारागारमा रहँदा दैनिक रु ३०० का दरले सजाय घट्दै जाने बताइएको छ । रासस