
पूर्णपुष्टि, चैत ६
नेपालको दिगो विकास लागी वन आयोजना कार्यान्वयन गर्न वित्तीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकार र विश्व बैंकबीच २ अर्ब ८० करोड रूपैंयाँ (२४ मिलियन डलर) बराबरको वित्तीय सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको हो ।
सम्झौताको कुल रकममध्ये ७१ करोड रूपैयाँ अनुदान र २ अर्ब ९ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ ।
आयोजनाले नेपालको दिगो वन व्यवस्थापनसँगै समुदायमा आधारित वन संरक्षण प्रयासलाई टेवा पु¥याउने अर्थ मन्त्रालय र विश्व बैंकको भनाइ छ । सम्झौतामा सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् । यस आयोजनाले ५० वटा स्थानीय तहलाई सहयोग पु¥याउनेछ ।
आयोजनाले नेपालको वनमा आधारित निजी क्षेत्रलाई रोजगारीमा लगानी गर्न र काठको आयातमा निर्भरता कम गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले आयोजना हरित आर्थिक वृद्धिका लागि सुरुवातको बिन्दु हुने जनाईएको छ ।
