
पूर्णपुष्टि,चैत ६
आज सप्तरीको एक फर्ममा आग्जनी हुँदा १८ वटा गाई र दुई वटा बाच्छा जलेर मरेका छन् । अग्निसाइर कृष्णसवरण नगरपालिका–५ मा नोज साहको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गोठमा आग्जनी भएको हो ।
फर्ममा ६० वटा गाई पालिएकामा २० वटा जलेर मरेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अहिले आगो नियन्त्रणमा आएको छ । अहिले के–कति क्षति भयो भन्नेबारेमा लागत सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

