
पूर्णपुष्टि,चैत ६
आज सुनको भाउमा गिरावट आएको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले सस्तिएको नेपाल सुन चादी व्यावसायी महासंघले जनाएको छ । हिजो ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ८६ हजार सात सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी चाँदीको भाउमा पनि आज गिरावट आएको छ । चाँदीको भाउ आज १५ रुपैयाँले सस्तिएर एक हजार दुई सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
