Saturday, June 6News That Matters

फलामको खन्तीले हानेर कार्कीको हत्या

सुनसरी, चैत्र १७

सुनसरी ईटहरी २ बस्ने ५५ बर्षीय जिबन रेग्मीले स्थानीय ५० बर्षीय केशब कार्कीलाई फलामको खन्तीले भुडीमा हानेर हत्या गरेको छ ।

सोमबार दिउसो साढे १ बजे रेग्मीले पहिलाको बिबादलाई लिएर कार्कीलाई फलामको खन्तीले भुडीमा हानेर गम्भिर घाईते बनाई फरार भएको प्रहरीले जनाएको छ । घाईते कार्कीको  घोपा धरानमा उपचारको क्रममा दिउसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

फरार रहेका रेग्मीलाई नियन्त्रणमा लिईसकेको प्रहरीले जनाएको छ ।