Saturday, June 13News That Matters

रुखले किचेर १ जनाको मृत्यु

ताप्लेजुङ, चैत्र १७

ताप्लेजुङमा रुखेल किचेर एक जनाको मृत्यु भएको छ । मिक्वाखोला–१, सिम्ले बस्ने २८ बर्षीय मन कुमार तामाङको रुखले किचेर मृत्यु भएको हो ।

कात्तिके सामुदायिक जंगलमा दाउरा काट्न चिलाउनेको रूख ढाल्ने क्रममा हाँगा अड्कीएपछि हाँगा काट्ने क्रममा रूखले किचेर घाईते भएको तामाङको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ ।

उनको उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।