Friday, April 17News That Matters

फागुनमा उदयपुर प्रहरीमा २७ मुद्दा दर्ता, दुई जघन्य, एक गम्भीर

पूर्णपुष्टि संवाददाता
गाईघाट । ५ चैत्र, २०८२
जिल्ला प्रहरी कार्यालय उदयपुरमा गत फागुन महिनामा २७ वटा मुद्दा दर्ता भएका छन् । जसमा २४ वटा सामान्य, एकवटा गम्भीर र दुईवटा जघन्य मुद्दा रहेको कार्यालयले जनाएको छ । २७ जना प्रतिवादीमध्ये २० जना पक्राउ परेको जनाइएको छ ।

फागुन महिनामा ९५ वटा ठाडो उजुरी
जिल्ला प्रहरीमा फागुन महिनामा ९५ वटा ठाडो उजुरी परेको जनाइएको छ। जसमा ८८ वटा मिलापत्र भएको र सातवटा बाँकी रहेको जनाइएको छ।
महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धसम्बन्धी कसुरका १० मुद्दा
महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धको १०वटा मुद्दा दर्ता भएका छन्। ५ वटा महिला, ३ बालबालिका, २ जेष्ठ नागरिक गरी १० वटा मुद्दा दर्ता भएका हुन्।
घरेलु हिंसाका आठ उजुरी
फागुन महिनामा घरेलु हिंसाका आठवटा उजुरी परेका छन्। शारीरिक तथा मानसिक यातना दिइएको घरेलु हिंसाका आठ उजुरीमा आठ जना पीडित  र त्यति नै संख्यामा पीडक रहेका छन्। घरेलु हिंसा पीडितमा १८ देखि २५ वर्ष उमेर समूहका एकजना, २६ देखि ४० वर्ष उमेर समूहका ४ जना, ४१ देखि ५९ वर्ष उमेर समूहका दुई जना र ६७ वर्षमाथिका एकजना रहेका छन् ।
यी घटनामा पीडक २६ देखि ४० वर्षसम्मका चारजना र ४१ देखि ५९ वर्षसम्मका चारजना रहेका छन्।
त्रियुगा नगरपालिकाका ७ र चौदण्डीगढी नगरपालिकाको १ गरी घरेलु हिंसाका आठ उजुरीमध्ये चारवटा मिलापत्र भएको र चारवटा बाँकी रहेको जनाइएको छ।