
पूर्णपुष्टि, बैशाख १५ गते ।
नेपाल फिफा फुटसलको नयाँ वरीयतामा एक सय ६३ औं स्थानमा रहेको छ ।
फुटसलमा एशियाली प्रतियोगिता खेलेमा नेपालको अन्तर्राष्ट्रिय प्रदर्शन राम्रो नरहेकाले नेपालको बरियता एक सय ६३ औं स्थान रहेको हो ।
सन् २०१७ बाट औपचारिक रुपमा फुटसल प्रतियोगिता खेल्न सुरु गरेको नेपालले इरानमा भएको एएफसी फुटसल च्याम्पियनशिप खेलेको थियो ।
नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग ६–०,उज्वेकिस्तानसँग ४–१ र अन्तिम खेलमा अफगानिस्तानसँग ६–२ गोल अन्तरले पराजय बेहोरेको थियो । फुटसलको विश्व वरीयतामा ब्राजिल शिर्ष स्थानमा रहेको छ ।
